कर्मचारीलाई पटक–पटक हात धुन बाध्य पार्ने कम्पनीले ती कर्मचारीलाई ८२ लाख क्षतिपूर्ति तिर्नुपर्ने

डिसी नेपाल
२४ साउन २०७८ ११:४५
488
Shares

काठमाडौं। आफ्ना कर्मचारीलाई पटक–पटक हात धुन बाध्य पार्ने एक कम्पनीले ती कर्मचारीलाई ८२ लाख रुपैयाँ षतिपूर्ति तिर्नुपर्ने भएको छ । खासमा यो बेकरी कम्पनीले आफ्नी एक महिला कर्मचारीलाई पटक–पटक हात धुन बाध्य पारेको थियो । यसरी धेरैपटक हात धोइरहँदा ती महिलालाई छालासम्बन्धी रोग लाग्यो । ती महिलाले कम्पनीविरुद्ध अदालतमा मुद्दा हालिदिइन् र अहिले अदालतले महिलाको पक्षमा फैसला सुनाएको छ ।

अब ती महिला कर्मचारीले कम्पनीबाट ५० हजार पाउण्ड (८२ लाख रुपैयाँ) क्षतिपूर्ति पाउनेछिन् । अदालतले कम्पनीलाई महिला कर्मचारीलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ । हडर्सफिल्ड डेली एग्जामिनरका अनुसार ५९ वर्षकी सुसान रबिन्सनले पश्चिमी योर्कशायरको वेकफिल्डमा एक बेकरी कम्पनी स्पिडीबेकमा काम गर्थिन् । यो कम्पनीले एक ठूलो सुपरमार्केटको लागि मफीन, कपकेक लगायत बेकरी उत्पादनहरु बनाउँछ ।

कम्पनीले ती महिलालाई दिनमा करिब २० पटक हात धुन बाध्य पारिएको थियो जसका कारण उनलाई छालासम्बन्धी समस्या भयो । उनले यसबारे कम्पनीलाई जानकारी गराइन् तर उनको गुनासोलाई उनका नियोक्ताले बेवास्ता गरे । सुसानको भने हातमा फोका उठे र त्यसबाट रगत बग्न थाल्यो । ६ महिनामा उनका हात राता र चिलाइरहने भएका थिए । त्यसपछि कम्पनीले उनलाई दिनमा १७ पटक हात धुन भन्यो ।

पोन्टेफ्रेक्ट अस्पतालमा जाँच गरेपछि उनलाई पटक पटक रासायनिक सम्पर्कमा आएका कारण एक प्रकारको एक्जिमा भउको पुष्टि भयो । सुसानले आफैं पनि आफ्नो हातको सुरक्षाका लागि पातलो पञ्जा लगाउनेदेखि बेरियर क्रिम लगाउने लगायतका सुझाव दिएकी थिइन् । तर कम्पनीले उनको सुझाव पनि मानेन र उनको हातको सुरक्षा ठिकसँग गर्न विफल रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *