तालिबानले जेल तोडेर ७०० लडाकु छुटायो
काठमाडौं। अफगानिस्तानमा सेना र तालिबानबीच संघर्ष बढिरहेका बेला तालिबानले जेल तोडेर आफ्ना ७ सय लडाकु छुटाएको छ । तालिबानले शुक्रबार शेबरगान सिटीमा एक जेल तोडेर यहाँ कैद गरिएका ७ सय लडाकु छुटाएको हो । तालिबानले देशका तीन प्रमुख प्रान्तमा शरिया कानुन समेत लागु गरेको छ ।
तालिबानसँगको संघर्षको सुरुवाती २ महिनामा अफगानिस्तानमा करिब ३ लाख अफगानी आफ्नै देशमा घरबारविहीन भएका छन् । करिब ४० हजार अफगानी ज्यान बचाएर इरान गएर शरण लिएका छन् । संयुक्त राष्ट्रसंघको आप्रवासन सम्बन्धी एजेन्सी आइओएममा यो दावी गरिएको छ । रिपोर्टका अनुसार तालिबानीको आक्रमणबाट बच्न कैयौं अफगानी परिवार घर छाडेर भागेका छन् ।
यसरी भागेकामध्ये ठूलो संख्यामा ती मानिसहरु पनि छन् जसलाई कोरोनाभाइरसका कारण पाकिस्तान र इरानले आफ्नो देशबाट निकालेका छन् । बाल्ख प्रान्तकी महिला गभर्नर सलीमा माजरीले तालिबानसँग लड्नको लागि ६०० जनाको फौज तयार गरेकी छिन् । यो फौज प्रान्तको चारैतिर तैनाथ छ ।







डिसी नेपाल







Facebook Comment