झिनो अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
२४ साउन २०७८ १५:५१
52
Shares

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा बन्द भएको छ।
यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा बन्द भएको छ।

आइतबार कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता सेयर किनबचेच हुँदा १४ अर्ब ३० करोड भन्दा धेरै रकमको कारोबार भएको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै जनउत्थान सामुदायिक, सबैको, महिला र कालिका लघुवित्तको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ।

आइतबार अपि पावर कम्पनीको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.