प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा ‘डिस्टर्ब’ गरेपछि आमाले गरिन् ३ वर्षकी छोरीको हत्या

डिसी नेपाल
२५ साउन २०७८ १२:०२
16.5k
Shares

काठमाडौं। आमालाई बच्चाको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । तर बेलायतकी एक महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बनधमा कुनै बाधा नहोस् भनेर आफ्नी ३ वर्षकी छोरीको हत्या गरेकी छिन् । हत्या आरोपमा महिलालाई १५ वर्ष र उनका प्रेमीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ ।

बेलायतमा गत वर्ष ९ अगस्टका दिन काइली जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृत भेटिएकी थिइन् । उनको छाती र पेटमा चोट पाइएको थियो । बालिकाकी आमाले ९९९ मा फोन गरेर पुलिसलाई यसको जानकारी दिएकी थिइन् । अधिकारीहरुले जाँचको क्रममा बालिकाको हत्या आमाले नै गरेको पाएका थिए ।

अदालतले बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई दोषी ठहर गरेको छ । डेलिमेलका अनुसार महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बन्ध राख्न खोज्दा छोरी बाधा बनेपछि महिलाले उनको हत्या गरेकी थिइन् । महिलालाई हत्या आरोपमा १५ वर्ष र बालबालिकामाथि क्रुरताको आरोपमा ३ वर्ष जेल सजाय सुनाइएको छ । उनका दुवै सजाय एकसाथ चल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *