गुराँस लाइफको साढे पाँच प्रतिशत लाभांश घोषणा
काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
साउन २४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment