मास्क नलगाइ यात्रा गर्ने व्यक्तिलाई अदालतले पागलखानामा हालिदियो

डिसी नेपाल
२५ साउन २०७८ १२:५५
656
Shares

काठमाडौं। कोरोनाभाइरस महामारी रोक्नका लागि मास्क लगाउनु अनिवार्य गरिएका बेला बिना मास्क यात्रा गर्ने एक व्यक्तिलाई अदालतले मानसिक स्वास्थ्यको उपचार गर्न भन्दै पागलखानामा हालिदिएको छ । सिंगापुरमा ट्रेनमा यात्रा गर्ने क्रममा यी व्यक्तिले मास्क लगाउन अस्वीकार गरेका थिए । त्यसपछि पक्राउ गरिएका उनलाई अदालतले मानसिक रोगी भन्दै उपचारको आदेश दिएको हो ।

सिंगापुरमा अहिले पनि कोभिड प्रोटोकलको कडाइका साथ पालना गरिएको छ । यहाँ कोरोना एसओपी र फेस मास्क लगाउनुपर्ने नियम अत्यन्तै कडाइका साथ लागू गरिएको छ र उल्लंघन गर्नेलाई कडा कारवाही गरिन्छ । यही कडा नियमअनुसार बेलायती नागरिक बेन्जामिन ग्लिनलाई कारवाही अगाडि बढाइएको हो । ग्लिनले ट्रेनमा यात्रा गर्ने क्रममा मास्क कोरोनाभाइरस महामारी रोक्न पूर्ण रुपमा विफल भएको भन्दै मास्क लगाउन अस्वीकार गरेका थिए ।

सिंगापुरमा कार्यालय जाने क्रममा उनी बिना मासक जाँदै थिए । यसै क्रममा कसैले उनको भिडियो बनाए र सामाजिक संजालमा हालिदिए । भिडियो अनलाइनमा शेयर गरिएको केही घण्टापछि ४० वर्षका ग्लिनलाई पक्राउ गरियो र उनीविरुद्ध ४ आपराधिक अभियोगमा मुद्दा चलाइयो । अदालतले सुनुवाइपछि ग्लिनलाई मानसिक स्वास्थ्य अस्पतालमा उपचारको लागि पठाएको छ ।

ग्लिन एक ब्रिटिस भर्ती कम्पनीको सिंगापुर शाखामा काम गर्छन् । उनी २०१७ देखि सिंगापुरमा बस्दै आएका छन् । अदालतमा पेश भएपछि ग्लिनले आफूविरुद्ध लगाइएका सबै आरोप बकवास भएको बताउँदै अदालतको कार्यवाहीलाई अर्थहीन र घृणित भनेका थिए । उनले भने ‘म यो कुराले निराश छु कि सिंगापुरको न्यायिक प्रणालीले म र मेरो परिवारसँग कस्तो व्यवहार गरेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *