थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

डिसी नेपाल
२५ साउन २०७८ १७:४३
276
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ५९४ जनाको परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार १४९ परीक्षण गर्दा १ हजार ४२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ हजार २८८ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.