खाल्डोमा पुरिएर एक जनाको मृत्यु
कैलाली। यहाँको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनका अनुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा पर्न गई ढिस्कोले पुरिँदा जोशीको मृत्यु भएको हो।
अचानक ढिस्कोले पुरिएर घाइते भएका जोशीलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्याइएकोमा निजको अस्पतालमै मृत्यु भएको प्रनाउ सिंहले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment