दुई दिनमा २५ सय घटेको सुन आज २ सय रुपैयाँले बढ्यो
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि आइतबार र सोमबार दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको थियो। मंगलबार भने सुन तोलामा २ सय रुपैयाँ बढेको हो।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ कायम छ।
त्यसैगरी, मंलबार चाँदीको मूल्य भने घटेको छ। चाँदी १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment