श्वेतपत्र जारी गर्दै सरकार, ओलीले पनि आजै संसदमा सम्बोधन गर्ने
काठमाडौं। सरकारले देशको पछिल्लो आर्थिक अवस्थाको यथार्थ चित्र देखिने गरी आज (मंगलबार) श्वेतपत्र जारी गर्ने भएको छ। आज बस्ने संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेर आर्थिक अवस्थाको बारेमा जानाकारी दिने अर्थमन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता महेश्वर आचार्यले आज दिउसो १ बजे अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी गरिने जनाकारी दिए।
आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्ने कार्यसूचि समेत रहेको छ। उनले प्रधानमन्त्रीबाट हटेयता संसदमा सम्बोधन गरेका छैनन। पूर्व प्रधानमन्त्री ओलीले बारम्बार आफूलाई काम गर्न नदिए पनि आर्थिक हिसाबमा राम्रो प्रगति गरेको उल्लेख गर्दै आएका छन्।
यसअघि अर्थमन्त्री नियूक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमा मन्त्री शर्माले श्वेतपत्र जारी गर्ने बताएका थिए। यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो।







डिसी नेपाल








Facebook Comment