विद्युत प्राधिकरणमा पुनः नियुक्त भएका कुलमानको आजै पदबहाली
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज पदबहाली हुने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्कको बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको हो। प्राधिकरणका वर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल शक्ति आयोगको जिम्मेवारी दिने भएको छ।
जनमानसमा निकै लोकप्रिय छवी बनाएका घिसिङ यस अघि आफ्नो पूर्णकार्यकाल सकेर प्राधिकरणबाट बाहिरिएका थिए। तर अहिले उनले पुनःतेस्रो पटक प्राधिकरणको जिम्मेवारी पाउनुमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ठूलो ईच्छाशक्ति भएको बुझिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment