ओलीको देउवालाई पश्न, एमसीसी पास गर्नु हुन्छ कि चुप लाग्नु हुन्छ ?

डिसी नेपाल
२६ साउन २०७८ १४:४४
612
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष्य केपी शर्मा ओलीले सरकारले घोषणा गरेको संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी उल्लेख नगरिएकोमा असन्तुष्टि जनाएका छन।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा जनताले जान्न चाहेको भन्दै प्रधानमन्त्री देउवालाई एमसीसी के गर्नुहुन्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘अहिलेको सरकार गठबन्धन हुँदा एमसीसी गर्नु भएको थियो जस्तो लाग्छ। संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी बिर्सिनु भयो कि क्या हो ? मैले त यता कतै एमसीसी देखिन। तपाई त बलियो प्रधानमन्त्री हुनुहुन्छ। सरकारमा त छिरीयो सबै कुरामा जस्केला। त्यो जत्थाले के भन्छ एमसीसी पास गर्ने कि चुप्प लाग्ने। सम्माननीय प्रधानमन्त्री ज्यू तपाई एमसीसी के गर्नु हुन्छ ? जनता जान्न चाहान्छन्।‘

प्रतिनिधिसभा पुर्नस्थापना पश्चात पूर्व प्रधानमन्त्री ओलीले पहिलो पटक संसदलाई सम्बोधन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.