कुमारी बैंकको नाफामा आर्कषक वृद्धि
काठमाडौं। कुमारी बैंकले ७४ प्रतिशतले नाफा बढाएको छ। कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब नाफा गरेको छ। यो अघिल्लो वर्षको भन्दा १ अर्ब १५ करोड रुपैयाँ धेरै हो।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार करिब ७४ प्रतिशतले नाफा बढाएको हो।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। खुद ब्याज आम्दानी ४६.५६% ले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ६९.१५% ले बढेर २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment