सन्तुलित विकासमा सरकारको ध्यान केन्द्रीत छ – अर्थमन्त्री शर्मा

डिसी नेपाल
२८ साउन २०७८ १४:४१
44
Shares

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले देशभरिको सन्तुलित विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन्। बिहीबारको राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले पहुँचका आधारमा बजेट विनियोजन नगर्ने प्रतिबद्धता जनाएका हुन्।

मन्त्री शर्माले डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएता पनि त्यसकै आधारमा बजेट विनियोजन नगर्ने बताए। उनले सन्तुलित विकासमा आफ्नो ध्यान केन्द्रीत भएकोले बजेट सोही अनुसार विनियोजन गरिने बताए।

यस्तै अर्थमन्त्री शर्माले कोही कसैसँगको आग्रह÷पुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको प्रष्ट पारेका छन्। उनले कोही कसैसँग आग्रह पूवाग्रह नराखेर यथार्थपरक तथ्यांक प्रस्तुत गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.