सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तिमान कायम गरेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से १६.४१ अंक बढेर ३१७९.० अकंमा बन्द भएको छ।
यो हालसम्मकै उच्च विन्दु हो। दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएको नेप्से परिसूचक बुधबार करिब १ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त कीर्तिमान तोड्दै बिहीबार नेप्सेले नयाँ उचाईको कीर्तिमान कायम गरेको हो।
बिहीबार कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि बुधबार १५ अर्ब ४५ करोडको कारोबार भएको थियो।
यस दिन समूहगत रुपमा हेर्दा जीवन बीमा, बैंकिङ, ब्यापार, विकास बैंक, फाइनान्स, उत्पादन र म्युचअल फण्ड समूहमा हरियाली छायको छ। अन्य समूहमा गिरावट आएको छ।
बिहीबार ७ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। महालक्ष्मी विकास बैंक, साइन रेसुगां विकास बैंक, जिवन विकास लघुवित्तिय संस्था, माउन्टेन इनर्जी नेपाल, राहु जलविद्युत, कामना सेवा विकास बैंकको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो।
यस्तै समग्र परिसूचक बढे पनि यस दिन पाँचथर पावर कम्पनीको मूल्य करिब ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६२ करोडको कारोबार हुँदा मूल्य भने ३.४ प्रतिशतले घट्यो।







डिसी नेपाल








Facebook Comment