नेप्सेमा सुचिकृत कम्पनीको नयाँ वर्गिकरण सार्वजनिक, कुन कम्पनी कुन समूहमा ?
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई नयाँ वर्गिकरण गरेको छ। नेप्सेले सुचिकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको छ।
उक्त नयाँ सूची अनुसार गुरुप ‘ए’ २८ वटा कम्पनी छन्। उक्त समूहमा २० कमर्सियल बैंक, दुई वाणिज्य बैंक, एक फाइनान्स कम्पनी, एक माइक्रो फाइनान्स र चार हाइड्रोपावर कम्पनी गरी कुल २८ कम्पनी परेका छन्।
यस्तै गुरुप ‘बी’ मा १ वाणिज्य बैंक र १० वटा अन्य कम्पनी परेका छन्।
गुरुप ‘जी’ मा २७ वटा कम्पनी परेका छन्। जस अन्र्तगत ७ माइक्रो फाइनान्स, पाँच इनभेष्टमेन्ट, होटल तथा टुरिजम र अन्य, ६ बीमा कम्पनी र ९ वटा हाइड्रो पावर कम्पनी गरी कुल २७ वटा कम्पनी समावेश भएका हुन्।
यस्तै, गुरुप ‘जेड’ मा १५८ वटा कम्पनी समेटिएका छन्। जस अन्र्तगत पाँच वटा कर्मर्सियल बैंक, १४ विकास बैंक, २० फाइनान्स, २२ बीमा कम्पनी, ४३ माइक्रो फाइनान्स, २४ हाइड्रो पावर र ३० वटा उत्पादन ट्रेडिङ, इनभेष्टमेण्ट, होटल÷टुरिजम र अन्य कम्पनीहरु परेका छन्।














डिसी नेपाल








Facebook Comment