देउवाको पारसलाई शुभकामना, ‘दोस्रो इनिङमा पनि सफलता मिलोस्’
काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवा र राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारसलाई आगामी जीवनका लागि शुभकामना दिएका छन्।
भेटमा प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर शुभकामना दिएका हुन्।
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैँ रहने छ।’
यस्तो पारसले पनि आगामी दिनमा क्रिकेटको विवकासका लागि प्रतिबद्धता जनाएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्।







डिसी नेपाल








Facebook Comment