ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

डिसी नेपाल
३१ साउन २०७८ १२:१३
424
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार सुन प्रति तोलामा एक हजारले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम छ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.