नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने हालसम्मकै उच्च

डिसी नेपाल
३१ साउन २०७८ १६:०६
36
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले संकुचन भएको छ। आइतबार नेप्से २४.८८ अंकको घटेर ३१५४.०३ अंकमा रोकिएको छ।

आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ। यस दिन हालसम्मकै उच्च रकमको कारोरबार भए पछि नयाँ रकमको कीर्तिमान कायम भएको हो।

यस दिन २१ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यसअघि गत जेठ ३० गते सबै भन्दा धेरै १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम भएको हो।

यस दिन युनियन लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।

यस दिन रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। उक्त कम्पनीको १ अर्ब ५ करोडको रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.