‘अफगानिस्तानबाट १५ सयभन्दा बढिको उद्धार भैसकेको छ, बाँकीको उद्धारको लागि सरकारले पहल गरोस’
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले अफगानिस्तानमा रहेका नेपालीहरुलाई त्यस्तो ठूलो समस्या नभएको बताएका छन् । उनले आजसम्म १५ सयभन्दा बढिको उद्धार भैसकेको तथ्यांक पेश गरे ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेसम्म १५ सय जना रेस्क्यु भैसकेको छ, अहिले त्यहाँबाट उद्धार गरेर कोही लण्डन, कतार, दुवई, कुवेत, भारतमा छन् ।’
उनले अफगानिस्तानमा रहेका युएस र युएनका कार्यालयमा रहेको नेपालीहरुको कुनै समस्या नभएको बताए । उनले भने,‘भारतको बाटोबाट गएकाहरुको संख्या यकिन छैन् । कतिपयले फोन नम्बर उपलब्ध गराएको अवस्था छ । ईगल सेक्युरिटीमा काम गर्नेहरु पनि सुरक्षित छन् । तत्कालै नेपाल सरकारले अफगानसँग वा छिमेकी मुलुकसँग कुटनीतकि तहबाट कुरा गरेर नेपालीहरुको उद्धार गर्नुपर्छ । सरकारले तत्काल बाँकी रेस्क्युको लागि पहल गरोस ।’
उनले अहिले अफगानिस्तानमा १५ हजारको हाराहारीमा नेपाली रहेको सुनाए । उनले भने,‘उद्धारको पहुँचमा नभएकाहरुलाई रेस्क्यु हुनुपर्छ । तत्काल त्यहाँबाट ल्याउन नसकिए अहिले नजिकको देशमा लगेर भएपनि अफगानिस्तानबाट रेस्क्यु गर्नुपर्छ ।’
नेपालले आफ्ना नागरिकलाई तत्काल उद्धार गर्नुपर्छः पूर्वराजदूत सिंह
भारतका लागि पूर्व नेपाली राजदूत डा। दुर्गेशमान सिंहले पनि सरकारले अफगानिस्तानबाट छिटोभन्दा छिटो नेपालीहरुलाई उद्धार गर्नुपर्नेमा जोड दिएका छन् । यसको लागि सरकारले आवश्यक कुटनीतिक कदम चाल्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘अफगानिस्तानमा अहिले कति नेपाली छन्, तथ्यांक स्पष्ट छ । नेपाल सरकार अग्रसर हुन सकेको छ जस्तो मलाई लागेको छैन् । उद्धारको लागि काम गर्न आवश्यक छ ।’
अफगानिस्तानको विकसित घट्नाबाट पनि नेपालले सिक्नुपर्ने भन्दै स्थिरताका लागि पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘अफगानिस्तानमा ठूलो डर के छ भने रुढीवादी परम्परा छ, यसअघि पनि तालिवान सत्तामा आउँदा महिलाहरुलाई शिक्षाबाट बञ्चित गरिएको थियो । यो प्रणाली आउला कि भन्ने डर छ । आतंकवादको तनाव जन्माउला कि भन्ने डर छ । हामी सतर्कताका साथ अघि बढ्नुपर्छ । भारतले आफ्नो नीति कस्तो अवलम्ब गर्छ रु त्यो हेर्नुपर्छ ।’







डिसी नेपाल








Facebook Comment