अदालत पुगेर रविले भने- ओलीले लगाएको गुन तिर्न आएको हुँ

डिसी नेपाल
७ पुष २०८२ १६:५२
3.3k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए।

उनले भने,‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ। ठाउँठाउँमा वा जिउँमा किला ठोकेको जस्तो भएको छ। सात दिन भित्र सबै अदालत हाजिर हुनुपर्नेछ। विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *