प्रधानमन्त्रीसँग सहमतिपछि डा. केसीको अनसन स्थगित, यस्ता छन् पाँचबुँदे सहमति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएको छ । पाँचबुँदे सहमतिपछि डा. केसीले आफ्नो घोषित अनसन स्थगित गरेका छन् ।
उनले पर्सिदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका थिए ।
पाँचबुँदे सहमति यस्ता छन्:
१. सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्ने कानुनी व्यवस्था गर्ने तथा स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त सम्बोधन गर्ने ।
२.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुङ्ग्याउने क्रममा भएको सम्झौता कार्यान्वयान गर्ने, तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।
३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने ।
४. प्रयेक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउनका लागि निर्माण कार्यलाई तिव्रता दिने ।
५. यसअगाडि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने ।







डिसी नेपाल








Facebook Comment