‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिएको जनाएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै जेनजी समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि अनुमति नदिएको बताए।
उनले भने, ‘उहाँहरुले सूचना र निवेदन दिनुभएको छ। सानोतिनो प्रदर्शन मात्र गर्ने हो भन्नु भएको छ। हामीले आन्दोलनको उचित तरिकाले व्यवस्थापन गर्नेछौं। आन्दोलनका लागि कुनै किसिमको अनुमति भने दिएका छैनौं।’
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए। जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment