अध्यादेशबारे गगनकाे बाेली, ‘हिजाे, आज र भाेली जसले गरे पनि गलत’

डिसी नेपाल
२ भदौ २०७८ १०:१८
560
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कांग्रेसका युवा नेता गगनकुमार थापाले विरोध जनाएका छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नै सभापतिको नेतृत्वको सरकारको विरोध गरेका हुन्।

थापाले ओली सरकारका बेला भएको यस्तै कदमको विरोध गर्दै आएको सम्झँदै लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत।’

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन र हुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ,’ थापाले लेखेका छन्।

थापाले ओली सरकार, राष्ट्रपति सबैलाई अध्यादेशको विरोध गर्ने हक नभएको बताएका छन्। उनले भनेका छन्, ‘संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन÷हुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.