जीवन विकासको दोस्रो बजारका २२ दिन, खरिदकर्ता भारी, बिक्री गर्ने शून्य
काठमाडौं। दोश्रो बजारमा कारोबार भइरहेको जीवन विकास लघुवित्त वित्तीय संस्था (जेबीएलबी) को मूल्य ३ हजार ९ सय बढी पुगेको छ। साउन १४ गते विहिबारबाट दोस्रो बजारमा आएको जेबीएलबीले हरेक दिन सकारात्मक सर्किट लगाउँदै अगाडि बढेको छ।
टिएमएसमा हेर्नेहो भने आज पनि जेबीएलबीको खरिदकर्तामात्र देखिन्छन्। एक लाख ६४ हजार १ सय १८ खरिदकर्ताको आवेदन आउँदा एक जना पनि विक्रि कर्ता नभएको देखिन्छ।

दोस्रो बजारमा लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत ३० हजार चार सय २० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार आठ ६५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने १८ लाख ४८ हजार १५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।
सर्वसाधारणका लागि १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ।
२०६९ साउन २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको उक्त लघुवित्तले नेपाल राष्ट्र बैंकबाट २०७५ फागुन ३ गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी इजाजत पाएको थियो।







डिसी नेपाल








Facebook Comment