जनवादी गायक टुहुरेको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालको चासो

डिसी नेपाल
३ भदौ २०७८ २३:०३
176
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि उनी बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत छन् ।

अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार वरिष्ठ जनवादी गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.