माधव नेपाल र महन्थ ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न आयोगकाे आग्रह

डिसी नेपाल
४ भदौ २०७८ ११:२४
1.2k
Shares

काठमाडौं। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएका छन्। तर निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न सम्बन्धित पक्ष भनेको छ।

नेपाल र ठाकुरले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेशन दिएका थिए। आयोगले सो निवेदनमाथि दश दिनभित्र दर्ताको काम सक्ने जनाएको छ।

आयोगले नेकपा एमाले समाजवादी नाम राख्न नसकिने जनाएपछि नेपालले अर्कै नाम राख्ने तयारी गरेका छन्। आफूले भनेको नाम नपाएपछि नेपाल समूहले निर्वाचन चिन्हसमेत परिवर्तन गर्ने तयारी गरेको छ।

यसैगरी ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवेदन दिएको छ। सो नाम उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी जनता समाजवादीसँग मिल्दोजुल्दो भएपछि अर्कै नाम राख्न आयोगले ठाकुर पक्षलाई भनेको आयोग स्रोतले जनाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने यो विषयमा आफूलाई जानकारी नभएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.