माधव नेपालको पार्टीको नाम नेकपा एकीकृत (समाजवादी)

डिसी नेपाल
४ भदौ २०७८ १३:४०
1.3k
Shares

काठमाडौं। नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी खोलेका माधव कुमार नेपालले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखेका छन्। यसअघि नेकपा एमाले समाजवादी नाम दर्ता गर्न गएका उनीहरुलाई निर्वाचन आयोगले नाम फेर्न आग्रह गरेको थियो।

शुक्रबार एक सय १५ जना केन्द्रीय सदस्यसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका बेदुराम भुसाल र राजेन्द्र पाण्डेले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) लागि निवेदन दिएका  हुन्।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएपछि निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.