महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी, शरदसिंह भण्डारी पनि वरिष्ठ नेता

डिसी नेपाल
४ भदौ २०७८ १५:३६
60
Shares

काठमाडौं । जनता समाजवादी पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेका महन्थ ठाकुर पक्षले पार्टीको नाम परिर्वतन गरेको छ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिने भएको हो ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएपछि निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न भनेको थियो।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको र शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.