१० बुँदे सहमतिको कार्यान्वयन गर्न दुई दिनको समय, नेपाललाई पार्टी दर्ताबाट पछाडि हट्न आग्रह
काठमाडौं। वरिष्ठ नेता माधव नेपाल समूहले औपचारिक रुपमा पार्टी विभाजन गरेपछि पार्टी विजभानमा साथ नदिका एमालेका दोस्रो तहका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनको समय दिएका छन् । नेताहरुले नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई पनि आग्रह गरेका छन् ।
शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा रावल, पाण्डेलगायतका नेता अझै पनि पार्टी एकताको पक्षमा रहेका र पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको थियो। छलफलमा दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष पनि निकालेको नेता गोकर्ण बिष्टले जानकारी दिए।
एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली लचक र जिम्मेवार र नेता नेपालपनि नयाँ पार्टी दर्ताबाट पछाडि हट्नुपर्ने उनीहरुको भनाइ छ। दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको बिष्टले बताए।
नेता बिष्टका अनुसार आजको बैठकमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद सहभागी भएका थिए ।







डिसी नेपाल








Facebook Comment