‘ओलीले कारबाही फिर्ता लिए र नेपालले दल दर्ता स्थगित् गरे पार्टी एकता हुन्छ’

डिसी नेपाल
५ भदौ २०७८ २०:२७
824
Shares

काठमाडौं । नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओलीले दुई वटा काम र माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताएका छन् । उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । उनकाअनुसार नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुने हो ।

उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए । उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’ राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले सुनाए ।

उनले आफ्नो लागि पछिल्लो समय पीडादायी क्षण भएको सुनाए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.