सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँग एकताको पहल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँग एकताको लागि वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे हिजो र आजको स्थायी समिति बैठकले अन्य कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।’
साथै बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु र सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ।







डिसी नेपाल








Facebook Comment