नेपाली कांग्रेसको सक्रिय सदस्यको नामावली छापिन थाल्यो
काठमाडौं । नेपाली कांग्रेसको सक्रिय सदस्यता सम्बन्धी विवाद अपवाद वाहेक सल्टिएको छ । तीन जिल्लाको केही वडामा बाहेक सबै विवादहरु सुल्झाएको दाबी गरेका सक्रिय सदस्यता समस्या समाधान समितिका सदस्यहरुले भदौ १० गते भित्र ७७ वटै जिल्लाको बाँकी सक्रिय सदस्यहरुको नामावली निर्वाचन समितिलाई बुझाउने बताएका छन् । यसले भदौ १८ गतेदेखि वडातहबाट हुने नेपाली कांग्रेसको महाधिवेशन हुने आशा पलाएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यालयले सञ्चारकर्मीहरुलाई दिएको जानकारीमा पहिलो चरणमा ४४ जिल्लाको सक्रिय सदस्यताको नामावली प्रिन्ट गर्न थालिएको छ । यो जानकारी सँगै नेपाली कांग्रेसले अब १४ औं महाधिवेशनको मतदाता नामावलीको नै तयारी थालिएको प्रष्ट भएको छ । शुरुमा ४४ जिल्लाको प्रिन्टमै गएको तथा समस्या समाधान गर्ने समितिले तीन जिल्लाका केही वडाको विवादलाई आजभोलीमै समाधान गरी प्रधानमन्त्रीलाई बुझाउने भनेपछि अब नेपाली कांग्रेसमा सक्रिय सदस्यको विवाद झिकेर सभापति शेरबहादुर देउवालाई बदनाम गराउनेहरुको खेती सक्किएको छ ।
नेपालको राजनीतिमा नेपाली कांग्रेसको महाधिवेशनले ठूलो राजनीतिक महत्व राख्ने भएकोले अहिले राजनीतिक पार्टीहरु, आम नागरिक, सिंगो नेपाली कांग्रेस, नेपाली सेना, सुरक्षाका अन्य निकायहरु, निजामति कर्मचारीहरु, हिन्दुधर्ममा पक्षधरहरु या धार्मिक सापेक्षताको पक्षधरहरुको लागि कांग्रेसको महाधिवेशन प्रतिक्षाको विषय भएको छ ।
तोकिएको समयमा महाधिवेशन नगरेको आरोप खेपिरहेका संस्थापन पक्षका शेरबहादुर देउवा र उनका समर्थकहरुको लागि पनि सक्रिय सदस्यता विवाद समाधान हुनु एउटा उपलब्धिको रुपमा लिइएको छ । नेपाली कांग्रेसको महाधिवेशन समयको कारणले अब नसर्ने पक्कापक्कि छ ।
तोकिएको समयमा महाधिवेशन नगरेको आरोप खेपिरहेका संस्थापन पक्षका शेरबहादुर देउवा र उनका समर्थकहरुको लागि पनि सक्रिय सदस्यता विवाद समाधान हुनु एउटा उपलब्धिको रुपमा लिइएको छ । नेपाली कांग्रेसको महाधिवेशन समयको कारणले अब नसर्ने पक्कापक्कि छ । सक्रिय सदस्यहरु बढी थपेको आरोप लगाएर चर्चामा आइरहेका रामचन्द्र पौडेलका लागि यो महाधिवेशन फलदायी नहुने देखिएको छ । उनले नयाँ सक्रिय सदस्यहरुलाई थाँती राखेर पुरानै सक्रिय सदस्यहरुबाट भएपनि महाधिवेशन गराऔं भनेर दवाव दिएका कारण नयाँले उनलाई सहयोग नगर्ने त भएनै साथै सूर्यबहादुर थापाको छोरा सुनिल थापाको नेतृत्वमा आएको राप्रपाका सदस्यहरु र विजयकुमार गच्छदारको नेतृत्वमा कांग्रेसमा मिसिन आएका सबै नयाँ अनुहारहरु न त रामचन्द्र पौडेलको पक्षमा नत कोइराला परिवारको पक्षमा जाने देखिन्छन् । उनीहरुको कांग्रेसमा प्रवेशले शेरबहादुर देउवालाई नै मूल रुपमा फाइदा हुने अडकल गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयले क्रियाशील सदस्यता छपाइ सकिएपछि निर्वाचन समितिलाई हार्ड र सफ्ट दुवै कपी बुझाउने छ । सोही आधारमा निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि क्रियाशील सदस्यता विवरण प्रकाशन गरी जिल्लादेखि वडा तहसम्म पठाउने छ । इन्टरनेटको सुविधा र नभए कानुनी प्रक्रिया पुरागर्न हेलिकप्टरको प्रयोग गरेर भएपनि जिल्ला जिल्लामा सक्रिय सदस्यताको नामावली भदौ १३ गतेसम्म पुगिसक्ने कांग्रेसको दाबी छ ।
निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार तोकिएकै समयमा अर्थात भदौ १८ गतेवाट वडातहदेखि महाधिवेशन प्रारम्भभई मंसिर १३ गतेसम्ममा केन्द्रिय महाधिवेशन गर्न निर्वाचन समिति तयार रहेको छ । उनीहरुले क्रियाशिल सदस्यतालाई जिल्ला र वडा तहसम्म पुर्याउन पाँच दिनको समय माग गरेर छिटो नामावली उपलब्ध गराउन दवाव दिएका भएपनि पार्टीले हेलिकप्टरबाट भएपनि एक दिनमै सबैतिर पुर्याइदिने बचन दिएपछि तोकिएकै समयमा निर्वाचन प्रक्रिया शुरु गर्न निर्वाचन समिति तयार भएको हो ।
क्रियाशील सदस्यता छानबिन समितिले १० गतेभित्र क्रियाशील बुझाउने र त्यसपछि बढीमा तीनदिन भित्र वडा तहमा मतदाता नामावली पुर्याउने गृहकार्यमा निर्वाचन समिति जुटेको छ । सदस्यता छानविन गर्नेले धेरै जिल्लाको नामावली बुझाई सकेको र बाँकी तीन जिल्लाका केही वडाको समेत भदौ १० गते भित्र बुझाउने आश्वासन निर्वाचन समितिले पाएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिले १० गतेभित्र क्रियाशील बुझाउने र त्यसपछि बढीमा तीनदिन भित्र वडा तहमा मतदाता नामावली पुर्याउने गृहकार्यमा निर्वाचन समिति जुटेको छ । सदस्यता छानविन गर्नेले धेरै जिल्लाको नामावली बुझाई सकेको र बाँकी तीन जिल्लाका केही वडाको समेत भदौ १० गते भित्र बुझाउने आश्वासन निर्वाचन समितिले पाएको छ ।
निर्वाचन समितिले सबै जिल्लामा निर्वाचन अधिकृत पठाउन नामावली तयार गरिसकेको छ मौखिक रुपमा ती निर्वाचन अधिकृतहरुलाई स्टेनवाई बस्न अनुरोधसमेत गरिसकेको बताइएको छ । हुन त निर्वाचन अधिकृतमा आफ्नो पक्षमा मानिस पठाउनु पर्यो भन्नेमा पनि होडवाजी भएको र कतिपय जिल्लामा केही निर्वाचन अधिकृतहरुलाई स्वीकार नगरिने गाईगुई पनि चलिरहेको छ । यस्तो अवस्थामा जसलाई जुन जिल्लामा पठाउन लागिएको हो ती जिल्लाहरुमा पठाउन लागिएको निर्वाचन अधिकृतको व्यक्तिगत पहुँच के छ ? कुन लबिमा रहेका छन् ? भन्ने हेक्का राखेर नै सबै गुट उपगुटलाई काखापाखा नगरिएको अनुभुति हुनेगरी नमावली चयन गर्न विज्ञहरुले निर्वाचन समितिलाई बारम्वार सुझाव दिने गरेका छन् ।
भदौ १० गते भित्र सक्रिय सदस्यहरुको नामावली नपाएमा केही वडाहरुमा इन्टरनेटको सुविधा प्रयोग गरेर भएपनि निर्वाचनको तीनचार दिन अघि भएपनि मतदाता नामावली पठाएर अधिवेशन गर्न सक्ने अवस्था भने छ । वडा तहका कांग्रेसीहरु तमासा हेर्नकै लागि पनि अधिवेशनमा भेला हुने भएकाले खबर नपुग्ला भन्ने चिन्ता नहुने तर नामावलीमा नाम आएन भने निर्वाचन विथोल्ने कामहरु भने हुन सक्ने देखिएको छ । तर यस अघिको महाधिवेशनमा पनि कुनै न कुनै जिल्ला वा क्षेत्र ढिलो गरी अधिवेशन गरेकाले केन्द्रिय महाधिवेशनमा भाग लिन नपाएका उदाहरणहरु प्रशस्तै भएकाले कुनै एक जिल्ला वा केही वडाहरुले निर्वाचन पुरा नगर्दैमा केन्द्रिय महाधिवेशन भने रोकिने अवस्था छैन ।
नेपाली कांग्रेसको जिल्ला तहमा विभिन्न गुटउपगुटहरु हुनु स्वभाविक नै छ । आमन्त्रित बाहेक अन्य सबै केन्द्रिय सदस्यहरु स्वत केन्द्रिय प्रतिनिधि बन्न पाउने वैधानिक व्यवस्था भएकाले केन्द्रिय सभापतिमा उठ्ने वा केन्द्रिय अन्य पदाधिकारीमा उठ्नेहरु मध्ये कसलाई कहाँनेर हटाएर जिल्लामै तह लगाउने भन्ने अवस्था नरहेकोले स्थानीय तहमा हुने नेपाली कांग्रेसको अधिवेशनमा खासै रस्साकस्सी हुँदैन । तर यस पटक नयाँ सदस्यता धेरै थपिएका र नयाँ सक्रिय सदस्यले पनि उम्मेदवार हुन पाउने प्रावधानले गर्दा जिल्ला तहको कांग्रेसको पुरानो संरचनामा भने धेरै प्रभाव पर्न सक्दछ । नयाँ अनुहारहरुले स्थान पाउने र यूवाहरुको प्रतिनिधित्व १४ औ मधाधिवेशनले पाउने देखिन्छ ।
नेपाली कांग्रेसको सभापतिका दावेदारहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र नीधी, डा. सशांक कोइराला, डा. शेखर कोइरालाको नाम धेरै चर्चामा आएपनि अन्य आधा दर्जनले कोठेगफमा वा मिडियामा आफ्नो पनि सभापतिमा दावेदारी छ भनेपनि उनीहरुले बार्गेनिङ्का लागि वा चर्चामा आउनका लागि सभापतिको दावेदार गरिरहेका छन् भन्ने कुरा कांग्रेसी भोटरहरुलाई थाहा छ ।
शेर बहादुर देउवाले विमलेन्द्र निधीको साथ पाएमा नयाँ सभापतिमा फेरी पनि देउवा नै निर्वाचित हुने देखिन्छ भने कोइराला परिवारको विरासतको कुरा गर्दा कोइरालाहरु एक भएर डा. शेखर कोइराला वा डा. सशांक कोइराला मध्ये कोही एक जनालाई उठाइयो भने शेरबहादुर देउवालाई टक्कर दिन सक्दछन् । यस अघिको महाधिवेशनमा नेपाली कांग्रेस भित्र क्षेत्रीहरुको संगठनले ठूलो प्रभाव पारेकोले व्राम्हण र क्षेत्रीबीचको द्वन्द्व १४ महाधिवेशनमा समेत हुन सक्दछ ।
गणेशमान सिंहले आफूलाई प्रधानमन्त्री पद दिँदा पनि त्याग गरेकाले उनका छोरा प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको नेतृत्वमा लानु पर्दछ भन्ने तर्क दिनेहरुका अनुसार अबको सभापति सिंह भन्ने छ । र, उनी आफैले हिजो सार्वजनिक कार्यक्रममा आफू जसरी भएपनि सभापतिको उम्मेदवार बन्ने जानकारी गराएकोले पटक पटक विरासतको राजनीति गर्नेहरु बिमलेन्द्र निधी, प्रकाशमान सिंह र डा. सशांक कोइराला बीच सहमतिका लागि भएका बार्ताहरु लन्च र डिनर पार्टीमै सिमित भएको प्रमाणित भइसकेको छ ।
शेरबहादुर देउवा र कोइराला परिवार दुबैले भावी राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई बनाउँछौं भनेर उनलाई मध्यमार्गी बनाउन खोजिरहेका छन् । राष्ट्रपति पदको लोभको चास्नीमा रामचन्द्र पौडेल पर्दछन कि पर्नेछैनन् भन्ने कुरा भावी दिनले बताउने नै छ । तर कांग्रेसको महामन्त्रीको होडमा रहेका गगन थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ् लगायतले कुन लबीको फेरो समातेर वैतर्नी तर्ने हुन त्यसको ठेगान छैन । मिनेन्द्र रिजाल र डा. शेखर कोइराला एकै खेमाको भएपनि दुबैले एकअर्काको अस्तित्वमा शंकास्पद गतिविधि गर्ने लक्षण देखिएकोले जो जुन खेमाबाट उठेपनि एकले अर्कोलाई अन्तर्घात गर्दा विराटनगर मात्र होइन पूर्वको कांग्रेसको मत सोलोढोलो एकातर्फ मात्र जाने सम्भावना न्यून छ ।
कोइराला परिवार भित्रै आजको मितिसम्म एकमत नदेखिएको र अन्तिममा डा। शेखर कोइरालालाई उम्मेदवार बनाउने भएपनि पश्चिममा डा। सशांक कोइरालालाई सांसद बन्न जहिले पनि जोरवल लगाएका शेरबहादुर देउवाको खुलेर विरोध गर्न उनले सकिरहेका छैनन् ।
कोइराला परिवार भित्रै आजको मितिसम्म एकमत नदेखिएको र अन्तिममा डा। शेखर कोइरालालाई उम्मेदवार बनाउने भएपनि पश्चिममा डा। सशांक कोइरालालाई सांसद बन्न जहिले पनि जोरवल लगाएका शेरबहादुर देउवाको खुलेर विरोध गर्न उनले सकिरहेका छैनन् ।
प्रकाशमान सिंहले शुरुदेखि नै आफ्नो लवी तयार नगरेको र विमलेन्द्र निधीलाई मधेसकै जिल्ला सभापतिहरुले साथ नदिने अवस्था देखेपछि उनी व्याक हुने स्थिति आएकोले १४ महाधिवेशनमा प्रकाशमान सिंह र विमलेन्द्र निधी पहिलो चरणकै निर्वाचनमा कित उठने छैनन् र उठेपनि दोस्रो चरणमा जानसक्ने छैनन् । दोस्रो चरणमा शेरबहादुर देउवा र कोइराला परिवारको दुई डा. सशांक र डा. शेखर मध्ये कुनै एकसंग प्रतिस्पर्धा हुनेछ ।
अहिलेसम्म चर्चा नगरिएका तर १३ महाधिवेशनमा सभापतिको उम्मेदार बनेका कृष्ण सिटौलाले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेजस्तै विमलेन्द्र निधिको भोटले शेरबहादुरलाई समर्थन गर्ने र प्रकाशमान सिंहको भोट कता जाने भन्ने टुङ्गो अन्तिम लेनदेनबाट मात्र खुल्ने भएकोले १४ औ महाधिवेशनमा फेरी पनि शेरबहादुर देउवाले पार्टी सभापतिको पद् हत्याउने प्रष्ट देखिएको छ । यसका लागि उनलाई प्रधानमन्त्रीको पदले पनि भरथेग गरेको छ । नेपालको राजनीतिमा हिजोआज भारतको भन्दा अमेरिकाको चलखेल बढेर गएकोले पनि शेरबहादुर देउवालाई पार्टी सभापति बन्न थप बल प्राप्त हुनेछ ।
नेपाली कांग्रेसले अहिलेको तरल राजनीतिक अवस्थालाई सही रुपमा नेतृत्व गरेर अघि बढ्नका लागि सर्वसम्मतीकै प्रक्रियालाई वडादेखि केन्द्रसम्म अगाडी बढाउनु पर्दछ । सर्वसम्मती नहुने अवस्था आएमा कामको अनुभव र योगदानलाई आधार मानेर एकअर्कालाई सहयोग गरेर अघि बढ्न सक्यो भने आगामी निर्वाचनहरुमा नेपाली कांग्रेस एक नं. पार्टीको रुपमा स्थापित हुन सक्दछ । पार्टी भित्र पदको लुछाचुडी गर्ने र निर्वाचनमा हारजीतको खेलमा लागेमा निकट भविष्यमा आउने संसदीय निर्बाचनलाई अन्तरघातको प्रतिशत बढेर जानेछ ।







डिसी नेपाल








Facebook Comment