पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरु ओली निवास बालकोट पुगे

डिसी नेपाल
७ भदौ २०७८ १२:३३
444
Shares

काठमाडौं। प्रतिनिधि सभा पुनर्स्थापना गर्ने तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा माधव नेपाललाई साथ दिएका तर पार्टी विभाजनका बेला माधव नेपालको साथ छोडेका दोस्रो तहका एमाले नेताहरु पार्टीअध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । पार्टीको एकताको पक्षमा वकालत गर्दै आएका यी नेताहरु अब अध्यक्ष ओलीसँग निर्णयक छलफल गर्ने भन्दै बालकोट पुगेका हुन् ।

भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् । यी नेताहरुले आइतबार आफ्नो पक्षको बैठक बसी यस विषयमा छलफल समेत गरेका थिए । यी नेताहरुले अध्यक्ष ओलीलाई १० बुँदे सहमति पूर्ण रुपमा पालना गराउन दबाब दिँदै आएका छन् । उनीहरुले यो सहमति अक्षरशः कार्यान्वयन गराउन अध्यक्ष ओलीलाई ‘अल्टिमेटम’ नै दिएको भनिए पनि अल्टिमेटमको कुरा नेता सुरेन्द्र पाण्डेले पनि खण्डन गरेका थिए । आज बालकोटमा १० बुँदे कार्यान्वयनको मोडालिटीबारे छलफल भइरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.