सिटी एक्सप्रेस र यूकेको ट्यापटप सेण्डबीच रेमिटान्स कारोबार सुरु
काठमाडाैं । यूकेको ख्यातिप्राप्त ट्यापटप सेण्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। यूकेमा रहेका नेपालीहरुले ट्यापटप सेण्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै पैसा पठाउँन सक्ने छन्।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापटपका तर्फबाट माइकल फायाले हस्ताक्षर गरेका छन्।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेण्टहरुबाट सजिलै भुक्तानी लिन सकिने जनाइएको छ। यूकेमा रहेका नेपालीहरुले ट्यापटप सेण्डबाट पैसा पठाउन सक्ने छन्।
सिटी एक्सप्रेसले नजिक भविष्यमा सबै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र वालेटमा लोड गर्न सकिने जनाएको छ। एक्सप्रेसले एसएमएसबाट पनि कारोवारको जानकारी गराउने जनाएको छ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल








Facebook Comment