संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको वक्तव्यबाट ‘तालिबान’ शब्द गायब !

डिसी नेपाल
१३ भदौ २०७८ १२:१७
10.5k
Shares

काठमाडौं। तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि यो संगठनप्रति अन्तर्राष्ट्रिय रायमा के–कस्तो परिवर्तन आउँछ भन्ने विषयमा अहिले धेरैको चासो छ । यही बीचमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले जारी गरेको एक वक्तव्यका कारण अझै पनि तालिबानप्रति गम्भीरता अपनाइएको संकेत देखिएको छ ।

द इण्डियन एक्सप्रेसको एक रिपोर्टका अनुसार सुरक्षा परिषदले आफ्नो एक पुरानो बयानमा परिमार्जन गर्दै एक अनुच्छेदमा सन्दर्भको रुपमा प्रयोग गरिएको तालिबान शब्द हटाएको छ । अगष्ट महिनाका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्ष भारत हो र यो भयानमा भारतकै तर्फबाट हस्ताक्षर गरिएको छ । यो संशोधनसँगै अब अन्तर्राष्ट्रिय समुदायमा तालिबान लामो समय अलग थलग नरहने मानिएको छ ।

खासमा तालिबानले काबुलमा नियन्त्रण गरेपछि १६ अगष्टमा संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले सुरक्षा परिषदको तर्फबाट बयान जारी गर्दै भनेका थिए ‘सुरक्षा परिषदका सदस्यहरुले अफगानिस्तानमा आतंकवादसँग लड्नुको महत्व पुष्टि गरेका छन् र यो पनि मानेका छन् कि अफगानिस्तानको कुनै पनि क्षेत्रलाई कुनै पनि देशलाई धम्क्याउने वा ऊमाथि आक्रमणको लागि प्रयोग गरिनु हुँदैन भन्ने सुनिश्चित गरिनुपर्छ । तालिबान वा कुनै पनि अफगान समूह वा कुनै पनि व्यक्तिले कुनै अन्य देशमा सक्रिय आतंकवादीको समर्थन गर्नु हुँदैन ।’

काबुल विमानस्थलमा बम आक्रमणमा १५० भन्दा धेरै मानिसहरु मारिएको एक दिनपछि २७ अगष्टमा सुरक्षा परिषदका अध्यक्ष तिरुमूर्तिले एक पटक फेरि परिषदको तर्फबाट बयान जारी गरे र यसमा आक्रमणको निन्दा गरेका थिए । यो बयानमा १६ अगष्टको बयानको बारेमा पनि उल्लेख थियो तर त्यसमा तालिबान भन्ने शब्द उल्लेख थिएन ।

यसमा लेखिएको थियो ‘सुरक्षा परिषदका सदस्यहरुले अफगानिस्तानमा आतंकवादको मुकाबिला गर्नुको महत्वलाई दोहोर्याएका छन् ताकि यो सुनिश्चित गर्न सकियोस् कि अफगानिस्तानको क्षेत्रको प्रयोग कुनै पनि देशलाई धम्की दिने वा आक्रमण गर्नको लागि नहोस् र कुनै पनि अफगान समूह वा व्यक्तिले कुनै पनि देशको क्षेत्रमा सक्रिय आतंकवादीहरुको समर्थन गर्नु हुँदैन ।’

तालिबानलाई सन्दर्भबाट हटाउनुको अर्थ भारत समेत सुरक्षा परिषदका सदस्यले तालिबानलाई राज्य संचालकको रुपमा हेरिरहेका छन् भन्ने देखाउँछ । यो रिपोर्टपछि कैयौंले सामाजिक संजालमा आफ्नो राय राखेका छन् । संयुक्त राष्ट्रसंघमा भारतका स्थायी राजदूत रहेका सैयद अकबरुद्दीनले ट्वीट गर्दै भनेका छन् ‘कूटनीतिमा २ हप्ताको समय धेरै लामो समय हुन्छ । टी शब्द गायब छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको १६ र १७ अगष्टको बयानको तुलना गर्नुहोस् ।’

पत्रकार सुहासिनी हैदरले पनि इण्डियन एक्सप्रेसको समाचार रिट्वीट गर्दै लेखेकी छिन् ‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा भारतको निगरानीमा आतंकको सन्दर्भमा तालिबान शब्द हटाइयो । भारतको अध्यक्षता रहेको १९८८ तालिबान प्रतिबन्ध समितिमा के हुन्छ यो हेर्नु अझै महत्वपूर्ण हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *