एमालेबाट निर्वाचित नगरप्रमुख त्यागे पार्टी

डिसी नेपाल
२९ चैत २०८२ १८:४७
14.7k
Shares

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साहले नेकपा एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टी रोजेका छन्।

आइतबार एक कार्यक्रमबीच उनी आजपामा प्रवेश गरेका हुन्। उनलाई आजपा अध्यक्ष प्रभु साहले पार्टी प्रवेश गराएका छन्।

उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेका छन्। साह २०७९ काे स्थानीय तहकाे चुनावमा एमालेबाट देवाही गोनाही नगरपालिकाको मेयरमा विजयी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *