नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा

डिसी नेपाल
१० असोज २०८३ १५:५६

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि छिमेकी मुलुक भारत र चीनसहित युरोप तथा अमेरिकाका विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा पठाएको छ।

आगामी असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुने महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन उनीहरूलाई आमन्त्रण गरिएको हो।

कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाका अनुसार छिमेकी मुलुक भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र अन्य प्रमुख दलहरू, चीनको कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) का साथै युरोप र अमेरिकाका विभिन्न राजनीतिक दलहरूलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ। बाँकी अन्य विदेशी मित्रदलहरूलाई पनि निमन्त्रणा पठाउने क्रम जारी रहेको उनले जानकारी दिएका छन्।

यस्तै, महाधिवेशनको उद्घाटन सत्रका लागि नेपालभित्रका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिने कार्य भने सम्पन्न भइसकेको छ। विभिन्न देशका राजनीतिक प्रतिनिधिहरूको सहभागिताले महाधिवेशनलाई अन्तर्राष्ट्रिय रूपमा समेत महत्वका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *