न्युयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्रीको अन्तरक्रिया
काठमाडौं। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन्।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्रीले नेपालको विकास यात्रामा गैरआवासीय नेपाली (डायस्पोरा) लाई महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको समृद्धिमा उनीहरूको योगदान अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
अन्तरक्रियाका क्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा नेपाली डायस्पोराले खेल्न सक्ने भूमिका र दिन सक्ने योगदानका विषयमा आ-आफ्नो प्रस्तुति दिएका थिए।
मन्त्रीले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय विकाससँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने बताए। साथै, डायस्पोरासँगको सहकार्यलाई थप फराकिलो र प्रभावकारी बनाउँदै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा उनीहरूको लगानी तथा योगदान सहज बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment