जापानले मोडर्ना भ्याक्सिनको प्रयोगमा रोक लगायो
काठमाडौं। मोडर्नाको कोरोना भ्याक्सिनको केही डोजमा संक्रमणको निशान पाइएपछि जापानले ओकिनावा प्रान्तमा यसको प्रयोगमा रोक लगाएको छ । गत हप्ता भ्याक्सिनको डोजको सम्भावित संक्रमणको आशंकामा जापानले यो भ्याक्सिनको १५ लाख डोज फिर्ता लिएको थियो ।
खोप अभियानका लागि खोप केन्द्रसम्म खोप पठाइसकिएको थियो तर पछि यसलाई फिर्ता लिइयो । जापानमा मोडर्नाको दोस्रो डोज लगाएपछि २ जनाको मृत्यु भएको थियो । दुवैको उमेर करिब ३० वर्ष थियो । अधिकारीहरुले मृत्युको सही कारणको जाँच गरिरहेका छन् । अहिलेसम्म मृत्युको कारण भ्याक्सिन नै हुन सक्छ भन्ने पुष्टि भएको छैन ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment