अमरुल्लाह सालेहको एक शब्दको ट्वीटले तालिबानमा खैलाबैला, पंजशीरमा इन्टरनेट बन्द
काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएको २ हप्ता भइसकेको छ । तर, अहिलेसम्म देशको पंजशीर प्रान्तमा तालिबानले नियन्त्रण गर्न सकेको छैन । यही बीच आइतबार तालिबानले पंजशीरमा इन्टरनेट अवरुद्ध गरिदिएको छ ।
अफगानिस्तानको अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले कुनै अरु ट्वीट गर्न नसकुन् भनेर तालिबानले पंजशीरमा इन्टरनेट बन्द गराएको बताइएको छ । अमरुल्लाह सालेह ट्वीटरमा लगातार सक्रिय छन् र उनले तालिबानविरुद्ध ट्वीट गरिरहेका छन् । उनले शनिबार केवल एक शब्दको ट्वीट गरेका थिए जसमा लेखिएको थियो ‘रेसिस्टेन्स’ अर्थात ‘प्रतिरोध’ ।
RESISTANCE
مقاومت— Amrullah Saleh (@AmrullahSaleh2) August 27, 2021
पंजशीर अफगानिस्तानको एकमात्र प्रान्त हो जहाँ तालिबानले कब्जा गर्न सकेको छैन । कैयौं तालिबान विरोधी समूहहरु पंजशीरमा जम्मा भएका छन् । अफगानी कमाण्डर अहमद शाह मसूदका छोरा अहमद मसूद, अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह पनि पंजशीर घाटीमै छन् र त्यहीँबाट तालिबानलाई चुनौती दिएका छन् ।
यसअघि तालिबानले शनिबार आफ्ना लडाकु पंजशीरमा घुसेको दावी गरेको भए पनि अहमद मसूदले यो दावी खारेज गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले १५ अगष्टमा कब्जा गरेको थियो । त्यसपछि राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए ।







डिसी नेपाल







Facebook Comment