नेपालको ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ एन्टिबडी
काठमाडौं । नेपालको ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।
मन्त्रालयले असार २१ देखि साउन ३० सम्म १३ हजार १६१ नमूना संकलन गर्दा ६८.६प्रतिशत नमूनामा कोभिड–१९ एन्टीबडी देखिएको छ । जसमा एक मात्र खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टीबडी देखिएको छ । नमूना संकलन गर्दा सबै समूह र क्षेत्रलाई समेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment