एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क ‘माइ फाइभ’ सेवा र बोनस डाटा लगायत विभिन्न फाइदा लिन सकिने एनसेलले जनाएको छ।
यो योजना मंगलवारदेखि सञ्चालनमा आउँदै छ। एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्ने छन्।
यो योजना अन्तर्गत ‘पहिलो सिम’ लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १०० रुपैयाँ वा सो भन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन्।
त्यसैगरी, ५० रुपैयाँ वा सो भन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सकिने एनसेलले बताएको छ। यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डाटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन्।
विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमाबुबाको नागरिकताको फोटोकपि चाहिनेछ। यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्ने बताइएको छ।
भ्वाइस, डाटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क ‘माइ फाइभ’ सेवा पनि उपलब्ध छ। विद्यार्थीहरुले आफूलाई सधैँ सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्ने छन्। नम्बरहरु ‘माइ फाइभ’ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन्। ३० दिनपछि १०० रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउने एनसेलले बताएको छ।
विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई ‘माइ फाइभ’ समूहमा राख्न सक्छन्। ‘माइ फाइभ’ सेवाको समूहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ।







डिसी नेपाल








Facebook Comment