देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

डिसी नेपाल
१६ भदौ २०७८ ७:४२
420
Shares

काठमाडौं। आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ। मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ।

दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ। राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.