‘गएराती पंजशीरमा आक्रमण गर्न आएका ३५० तालिबानी मारिए, ४० जना कैदमा’

डिसी नेपाल
१६ भदौ २०७८ १५:५३
73.3k
Shares

काठमाडौं। तालिबानले कब्जा गर्न नसकेको अफगानिस्तानमो एक मात्र प्रान्त पंजशीरमा गएराती तालिबानी लडाकुहरु ठूलो संख्यामा आक्रमण गर्न आएकोमा तीमध्ये ३५० जना मारिएको र ४० जना आफ्नो कैदमा रहेको तालिबानसँग विद्रोह गरिरहेको समूह नर्दर्न एलायन्सले दावी गरेको छ । गएराती खावकमा आक्रमण गर्न आएका ती तालिबानीहरुविरुद्ध जवाफी कारवाहीपछि ती लडाकुहरुबाट नर्दर्न एलायन्सले ठूलो संख्यामा अमेरिकी सैन्य वाहन र हतियार समेत हात पारेको बताएको छ ।

स्थानीय पत्रकार नातिक मालिकजादाका अनुसार अफगानिस्तानको पंजशीर घाटीको प्रवेश नाका गुलबहार क्षेत्रमा मंगलबार राती तालिबान लडाकु र नर्दर्न एलायन्सका लडाकुहरुबीच मुठभेड भएको हो । यहाँ तालिबानले एउटा पुल समेत विष्फोट गरी उडाइदिएको बताइएको छ । नर्दर्न एलायन्सले तालिबानका कैयौं लडाकुलाई पक्राउ गरी आफ्नो कैदमा राखेको छ । यसअघि सोमबार राती पनि नर्दर्न एलायन्स र तालिबानी लडाकुबीच गोली हानाहान भएको थियो । यो भिडन्तमा ७ देखि ८ तालिबानी लडाकु मारिएको बताइएको थियो ।

पंजशीर अहिले पनि तालिकानको नियन्त्रणमा छैन । यहाँ नर्दर्न एलायन्सको नेतृत्व अहमद मसुदले गरिरहेका छन् । मसुदको अगुवाइमा यहाँबाट तालिबानविरुद्ध लडाइ जारी छ जसमा मसुदलाई उपराष्ट्रपति अमरुल्लाह सालेहले साथ दिएका छन् । अहमद मसुदका प्रवक्ता फहीम दश्तीले पनि तालिबानसँग भिडन्त भएको पुष्टि गरेका छन् । फहीमका अनुसार सोमबार राती तालिबानले पंजशीरमा आक्रमण गरेका थिए र घुसपैठको कोसिस गरेका थिए । यसअघि तालिबानले पंजशीरमा इन्टरनेट समेत बन्द गरेकोमा पछि सुचारु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *