‘गएराती पंजशीरमा आक्रमण गर्न आएका ३५० तालिबानी मारिए, ४० जना कैदमा’
काठमाडौं। तालिबानले कब्जा गर्न नसकेको अफगानिस्तानमो एक मात्र प्रान्त पंजशीरमा गएराती तालिबानी लडाकुहरु ठूलो संख्यामा आक्रमण गर्न आएकोमा तीमध्ये ३५० जना मारिएको र ४० जना आफ्नो कैदमा रहेको तालिबानसँग विद्रोह गरिरहेको समूह नर्दर्न एलायन्सले दावी गरेको छ । गएराती खावकमा आक्रमण गर्न आएका ती तालिबानीहरुविरुद्ध जवाफी कारवाहीपछि ती लडाकुहरुबाट नर्दर्न एलायन्सले ठूलो संख्यामा अमेरिकी सैन्य वाहन र हतियार समेत हात पारेको बताएको छ ।
So far from battle of Khavak last night, taliban has 350 casualties, more than 40 captured & prisoned. NRF got many new American vehicles, weapons & ammunitions as a trophy. Commanded Defense of Khavak,Commander Munib Amiri 👏🏼#AhmadMassoud #Taliban #Panjshir #secondresistance pic.twitter.com/nSlFN47xL2
— Northern Alliance 🇭🇺 (@NA2NRF) September 1, 2021
स्थानीय पत्रकार नातिक मालिकजादाका अनुसार अफगानिस्तानको पंजशीर घाटीको प्रवेश नाका गुलबहार क्षेत्रमा मंगलबार राती तालिबान लडाकु र नर्दर्न एलायन्सका लडाकुहरुबीच मुठभेड भएको हो । यहाँ तालिबानले एउटा पुल समेत विष्फोट गरी उडाइदिएको बताइएको छ । नर्दर्न एलायन्सले तालिबानका कैयौं लडाकुलाई पक्राउ गरी आफ्नो कैदमा राखेको छ । यसअघि सोमबार राती पनि नर्दर्न एलायन्स र तालिबानी लडाकुबीच गोली हानाहान भएको थियो । यो भिडन्तमा ७ देखि ८ तालिबानी लडाकु मारिएको बताइएको थियो ।
Panjshir Update: Breaking: Intense clashes going on between the Taliban and Resistance Forces in the Golbahar area, the entrance to Panjshir. There are unconfirmed reports that the Taliban blew up a bridge connecting Golbahar road with Panjshir in the clash.
— Natiq Malikzada (@natiqmalikzada) August 31, 2021
पंजशीर अहिले पनि तालिकानको नियन्त्रणमा छैन । यहाँ नर्दर्न एलायन्सको नेतृत्व अहमद मसुदले गरिरहेका छन् । मसुदको अगुवाइमा यहाँबाट तालिबानविरुद्ध लडाइ जारी छ जसमा मसुदलाई उपराष्ट्रपति अमरुल्लाह सालेहले साथ दिएका छन् । अहमद मसुदका प्रवक्ता फहीम दश्तीले पनि तालिबानसँग भिडन्त भएको पुष्टि गरेका छन् । फहीमका अनुसार सोमबार राती तालिबानले पंजशीरमा आक्रमण गरेका थिए र घुसपैठको कोसिस गरेका थिए । यसअघि तालिबानले पंजशीरमा इन्टरनेट समेत बन्द गरेकोमा पछि सुचारु गरेको छ ।
Facebook Comment