इरान सरकार ढाल्ने योजना असफल भएपछि मोसाद प्रमुखद्वारा दुई वरिष्ठ अधिकारी बर्खास्त
काठमाडौं । इजरायली गुप्तचर संस्था ‘मोसाद’ का प्रमुख रोमन गोफम्यान ले आफ्ना दुई वरिष्ठ अधिकारीहरूलाई पदबाट हटाएका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार ती दुई अधिकारीहरूले इरान सरकारलाई सत्ताबाट हटाउने एक गोप्य योजना तयार पारेका थिए, जुन अन्ततः असफल साबित भयो।
इजरायली ‘च्यानल-१२’ को प्रतिवेदनअनुसार बर्खास्त गरिएका अधिकारीहरूमध्ये एक जना डिसेम्बर २०१५ देखि मोसादको इन्टेलिजेन्स डिपार्टमेन्ट (गुप्तचर विभाग) को प्रमुख थिए भने अर्का अधिकारी एजेन्सीको ‘इरान मामिला विभाग’ का प्रमुख थिए।
यद्यपि, इजरायली सञ्चारमाध्यमहरूले ती दुवै अधिकारीहरूको नाम भने सार्वजनिक गरेका छैनन्।
प्रतिवेदनअनुसार दुवै अधिकारीहरूले इरान सरकारलाई सत्ताच्युत गर्नका लागि एउटा अपरेसनल प्लान (कारबाही योजना) तयार पार्न मुख्य भूमिका खेलेका थिए। उक्त योजनामा कुर्द समूहहरूको सहयोग लिने र सिङ्गो इरानभरि ठूलो मात्रामा विरोध प्रदर्शनहरू भड्काउने रणनीति समावेश थियो।
इजरायली मिडियाका अनुसार यसै योजनाको उल्लेख यसअघि ‘द न्युयोर्क टाइम्स’ को एउटा प्रतिवेदनमा पनि गरिएको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यो योजना देखाएका थिए। त्यसबेला नेतान्याहुले ट्रम्पलाई इरानमाथि सैन्य कारबाही गर्न मन्जुर गराउने प्रयास गरिरहेका थिए।
प्रतिवेदनअनुसार यो योजना तयार हुँदाका बखत डेभिड बार्निया मोसादको प्रमुख थिए। बार्नियाको ठाउँमा जुन २०२६ मा रोमन गोफम्यानले मोसाद प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment