अध्यक्ष ओलीद्वारा संविधानसभा सदस्य तामाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो।
उनको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्।
एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गरेका छन्। अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment