थामी भाषाको राष्ट्रिय गीत सार्वजनिक

डिसी नेपाल
१४ कार्तिक २०८३ २२:४७
4
Shares

काठमाडौं। नेपाल थामी समाजले पहिलो पटक थामी भाषामा तयार गरेको राष्ट्रिय गीत सार्वजनिक गरेको छ।

समाजको २७औँ वार्षिक साधारणसभाका अवसरमा आज बागमती प्रदेशसभा सदस्य ठूला थामी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृत सुनुवारलगायतले उक्त गीत सार्वजनिक गरेका हुन्।

प्रदेशसभा सदस्य थामीले थामी भाषामा पहिलो पटक राष्ट्रिय गीत सार्वजनिक हुनु समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। गीतले थामी समुदायलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले समुदायको संस्कार, संस्कृति र उत्थानका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

कालिञ्चोक गाउँपालिका अध्यक्ष शिवाकोटीले थामी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

महासङ्घका उपाध्यक्ष सुनुवारले राष्ट्रिय गीतले थामी समुदायलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। समाजका अध्यक्ष रणबहादुर थामीले पहिलो पटक थामी भाषामा राष्ट्रिय गीत निर्माण हुनु खुसीको विषय भएको उल्लेख गरे।

गीतका रचनाकार रमेश थामी ‘छड्केसलाम’ हुन्। गीतमा शिखर थामी ‘विद्यालली’, शक्ति थामी, तीर्थराज थामी, मनु थामी, सविना थामी, रामकुमार थामी, कमला थामी, प्रमोद थामी र सुन्दर थामीले स्वर दिएका छन्। सङ्गीत संयोजन भने खुशी थामीले गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *