एनपीएल: वर्षाले प्रभावित ५ ओभरको खेलमा विराटनगर किंग्सद्वारा सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य

डिसी नेपाल
१४ कार्तिक २०८३ २२:०९
12
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार आयोजित दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई जितका लागि १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

वर्षाका कारण निकै नाटकीय रूपमा ढिला गरी सुरु भएको र ५-५ ओभरमा छोट्याइएको खेलमा विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको उच्च योगफल खडा गरेको हो।

विराटनगरका लागि विस्फोटक ओपनिङ गर्दै श्रीलङ्कन ब्याटर शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनलाई अर्का ओपनर लोकेश बमले २५ रन जोडेर बलियो साथ दिए। त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अलराउन्डर आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै अविजित २९ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि यसै खेलमार्फत एनपीएलमा डेब्यु गरेका श्रीलङ्कन स्पिनर थरिन्दु रत्नायाकेले टोलीका लागि पहिलो ओभर बलिङ गरेका थिए। तर, पहिलो ओभरमै विराटनगरका जयसूर्याले उनलाई लगातार ५ छक्का प्रहार गरेपछि विराटनगरले पहिलो ओभरमै ३५ रन जोड्न सफल भयो।

जयसूर्या र लोकेश बमले दुवै छेउबाट आक्रामक ब्याटिङ जारी राख्दा विराटनगरले मात्र ८ बलमा अर्धशतक पूरा गर्दै विष्फोटक सुरुवात गरेको थियो। शेहान जयसूर्या तेस्रो ओभरमा अभिनाश बोहराको बलमा एलबीडब्लु (LBW) आउट हुनुअघि ११ बलमा २ चौका र ५ छक्काको मद्दतले ३९ रन बनाए। अम्पायरले सुरुमा उनलाई आउट नदिए पनि सुदूरपश्चिमले लिएको रिभ्युमार्फत निर्णय उल्टिएर उनी पेभिलियन फर्किएका थिए।

जयसूर्या आउट भएपछि मैदान प्रवेश गरेका आन्द्रे रसेलले पनि टोलीको रन गतिलाई थप उकासेका थिए। सुदूरपश्चिमका बलर अभिनाश बोहराले २ ओभर बलिङ गर्दै २८ रन खर्चेर १ विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *